नेपालगन्ज।नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् प्रदेश नम्बर ५ का संसदीय दलका नेता शंकर पोखरेलले ५ नं प्रदेशमा तिनवटा मुख्य केन्द्र बनाई यस प्रदेशलाई समृद्धिको बाटोमा अगाडी बढाउने बताउनु भएको छ । ऐतिहासिक स्थानका आधारमा पनि नेपालगन्ज, भैरवा–बुटवल र तुल्सीपुर– घोराहीलाई महानगरीय शहरका रुपमा विकास गर्न सकिने दावी गर्नु भएको छ ।
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा आज प्रेस चौतारी बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रदेश राजधानी भनेको प्रसासनिक कार्यका लागि हो त्यो कुन ठाउँ स्थानमा रहन्छ भन्ने प्रथामिकता भन्दा पनि विकास र समृद्धिका लागि योजनाबद्ध बहस अहिलेको खाँचो भएकौ उल्लेख गर्नुभएकौ छ ।
बाँके जिल्ला आफैमा महत्वपूर्ण स्थानमा रहेको छ । यो आर्थिक केन्द्रको रुपमा स्थापना गरिनु पर्छ । यस क्षेत्रमा रहेको तिनवटै प्रदेश नम्बर ५,६ र ७ को केन्द्र हो । यसका साथै देश विदेशका धार्मिक यात्रीका लागि प्रवेसद्धारको रुपमा रहेकोले त्यस मार्फत पनि आर्थिक उन्नतिको रुपमा अगाडि बढ्न सकिन्छ पौखरैललै भन्नुभयौ । जहाँ राजधानी हुन्छ त्यहिको मात्र समृद्धि हुन्छ भन्ने कुरा हुदैन् । पोखरेलले समृद्ध प्रदेशका लागि प्रदेश नम्बर ५ मा रुपन्देही, दाङ र बाँके गरी ३ शहरलाई महानगरको रुपमा विकास गरिने योजना रहेको बताउनुभयो । नेपालगन्ज भविष्यमा औद्योगिक महानगर बन्ने बताउनुभयो ।
प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटीका सचिव भुश्विर ढकाल, एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, सांसदहरु नन्दलाल रोकाय र महेश्वर गहतराज, एमाले बाँकेका प्रचार विभाग प्रमुख किस्मत कक्षपति, प्रेस चौतारी बाँकेका इन्चार्ज भेषराज बस्नेत लगायतले शुभकामना दिनुभएकौ थियो ।