काठमाडौं । विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ ।
नेपालले अफगानिस्तान सँगको खेलमा दुईवटा परिबर्तन गरेको छ । ओपनर दिलिप नाथको स्थानमा अनिल साहले ओपनिङ गर्नेछन । त्यस्तै अलराउण्डर शरद भेसावकर आज प्लेइङ ११ मा परेका छैनन् ।
उनको ठाउँमा तिब्र गतिका बलर करण केसीले टिममा स्थान बनाएका छन् । शरद माङ्शपेसीको चोटका कारण आजको खेल खेल्न नसकेका हुन । नेपालको तर्फबाट आज विकेट किपरको भूमिका अनिल साहले निर्वाह गर्नेछन ।
पहिलो विकेट गुमायो
विश्वकप क्रिकेट छनोटमा अफगानिस्तानसँग पहिले ब्याटिङ्ग गरिरहेको नेपालको पहिलो विकेट गुमेको छ ।
अनिल साह ७ रनमा आउट भएका हुन् । चौथो ओभरको अन्तिम बलमा अनिल मुजिवर रहमानको बलमा एलविडब्लु धरापमा परे । अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र पारस खडका रहेका छन् ।
नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल, अनिल साह, (विकेट किपर), पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।