नेपालगन्ज- कम्प्यूटर एशोसियन नेपाल बाँके शाखाको आयोजनामा नेपालगन्जमा सूचना र संचार प्रविधि (आईसीटी) का बिषयमा राष्ट्रियस्तरको गोष्ठी हुने भएको छ । गोष्टि चैत्र ३ गते हुनेभएको छ ।
गोष्ठिमा प्रदेश नं. ५, ६ र ७ का सरकारी तथा गैह्रसरकारी अधिकारीहरु, सुरक्षा अधिकारी, व्यवसायी, कलेज र क्याम्पसका प्रमुख तथा सूचना प्रविधिप्रति चासो राख्नेहरुको सहभागिता रहने क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले बताएका छन् ।
बिहिवार पत्रकार सम्मेलनमा बोल्दै क्यान आबद्ध अगुवाहरुले गोष्ठिमा सूचना र संचार प्रविधिबारे प्रशिक्षण पनि दिईने जानकारी गराएको थियो । प्रशिक्षणका लागि आईसीटी क्षेत्रका विज्ञहरु डा. प्रमोद पराजुली, डा. अभिजित गुप्ता र चिरन्जीवि अधिकारी सहभागिता रहने छ ।
क्यानका पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापाले साईबर सुरक्षा र सूचना प्रविधिको अधिकमत प्रयोग गर्नका लागि नीति निर्माण तहमा कसरी समाबेश गर्ने भन्ने बिषयमा बृहद छलफल हुने छ ।