शहरी सुरक्षाका लागि सूचना प्रविधि उपयोग आवश्यक छ


नेपालगन्ज । सूचना प्रविधि तथा साईबर सुरक्षाका बिषयमा नेपालगन्जमा बृहद छलफल भएको छ । सरोकारवाला निकायहरुको अगुवाईमा भएको छलफलमा सूचना प्रविधिको कसरी उपयोग गर्ने र यसको सुरक्षा कसरी गर्ने भन्ने बिषयमा केन्द्रित थियो । कम्प्युटर एशोसियशन नेपाल बाँके शाखाले शनिबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै यसको व्यवस्थानमा ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य रहेको तर त्यसको सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्ने क्यान नेपालका बरिष्ठ उपाध्यक्ष नवराज कुंवरले बताए । ‘स्थानीय तहमा रहनुभएका जनप्रतिनिधिदेखि सबैले अहिले स्मार्ट सिटि, मेघा सिटीको कुरा गरिरहनुभएको छ । यस्तो शहरहरुको निर्माण गर्दा सूचना प्रविधिको उपयोग कसरी गर्ने त्यसको नीति बनाउन आवश्यक छ ।’ क्यान बरिष्ठ उपाध्यक्ष कुवरले भने,—‘नीजि क्षेत्र यस्ता बिषयमा हरेक तहका सरकारलाई सहयोग गर्न तत्पर छ ।’ कुवरले सुचना प्रविधिको उपयोग गर्न सरकारी निकायले झर्को मान्न नहुने बताए ।

अहिलेको समयमा यसको उपयोगिता अनिवार्य भइसकेकाले आफुहरुलाई त्यसैमा ढाल्न सक्नुपर्ने बनाउन आवश्यक रहेको उनले बताए । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूचना प्रविधिको उपयोगितासंगै यसको सुरक्षाको सवालमा पनि गम्भीर बन्नुपर्ने कुरामा जोड दिए । उनले भने,—‘यसका फाईदाहरुको अधिकतम् उपोग गर्दै यसको बेफाईदा हुने पक्षमा गम्भीर बन्न सक्नुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी केसीले स्थानीय तहले सूचना प्रविधिको अधिकत्म उपयोग गर्न जान्नुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै क्यानका महासचिव रञ्जित पोदारले क्यान नेपाल स्थानीय तहलाई सुचना प्रविधि मैत्री बनाउन तयार रहेको तर त्यसका लागि सरकारले नै वातावरण बनाउनुपर्ने कुरामा जोड दिए ।

कम्प्यूटर एशोसियन नेपाल बाँके शाखाको आयोजनामा नेपालगन्जमा सूचना र संचार प्रविधि (आईसीटी) का बिषयमा राष्ट्रियस्तरको गोष्ठी हुने भएको छ । क्यान बाँकेका अनुसार, चैत्र ३ गते गोष्ठी हुँदैछ । क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सैनाका अनुसार, गोष्ठिमा प्रदेश नं. ५, ६ र ७ का सरकारी तथा गैह्रसरकारी अधिकारीहरु, सुरक्षा अधिकारी, व्यवसायी, कलेज र क्याम्पसका प्रमुख तथा सूचना प्रविधिप्रति चासो राख्नेहरुको सहभागिता रहने छ ।
गोष्ठीको तयारीका बिषयमा जानकारी दिन बिहिवार आयोजकले नेपालगन्जमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । सो अवसरमा बोल्दै क्यान आबद्ध अगुवाहरुले गोष्ठिमा सूचना र संचार प्रविधिबारे प्रशिक्षण पनि दिईने जानकारी गराएको थियो । प्रशिक्षणका लागि आईसीटी क्षेत्रका विज्ञहरु डा. प्रमोद पराजुली, डा. अभिजित गुप्ता र चिरन्जीवि अधिकारी सहभागिता रहने छ । क्यानका पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापाले साईबर सुरक्षा र सूचना प्रविधिको अधिकमत प्रयोग गर्नका लागि नीति निर्माण तहमा कसरी समाबेश गर्ने भन्ने बिषयमा बृहद छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *