नेपालगन्ज । नेपाल बार एशोसियनको १४ औं राष्ट्रिय सम्मेलन चैत ९ गतेदेखि ११ गतेसम्म नेपालगन्जमा हुने भएको छ । सम्मेलनको लागि आवश्यक तयारी भईरहेको आयोजकले बताएको छ ।
सम्मेलनको उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नु हुने कुरा नेपाल बार एशोसियन केन्द्रीय उपाध्यक्ष सालिकराम सापकोटाले वताउनु भएको छ । सो सम्मेलनमा देशभरका कानुन व्यवसायीहरुको सहभागिता रहनेछ ।
यस भन्दा पहिले पश्चिमक्षेत्र यस प्रकारको सम्मेलन भएको थिएन । सम्मेलनलाई भब्य बनाउने र सम्मेलनमा न्यायक्षेत्रका बिभिन्न बिषयमा गम्भीर छलफल हुने उपाध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।
यस सम्मेलनमा संविधानका आधारभुत सिद्धान्त, मौलिक हको कार्यान्वयन, संघीयताको कार्यान्वयन र कानुन निर्माणका पक्ष लगायतका गम्भीर सवालमा गहन छलफल र बहस हुनेछ केन्द्रीय उपाध्यक्ष सापकोटाले वताए ।
सम्मेलनलाई सफल बनाउनका लागि उपाध्यक्ष सापकोटाको संयोजकत्वमा ३ सय २ जना सदसीय मुल व्यवस्थापन समिति गठन भएको छ । सम्मेलनलाई भब्य र सभ्य बनाउनका लागि बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । राष्ट्रपतिले उद्घाटन गर्ने सम्मेलनमा कामु प्रधानन्यायाधिश, कानुन मन्त्री, महान्यायाधीबक्ता, बिदेशी बार एशोसियसनका प्रतिनिधि, बिदेशी राजदुतावास लगायत उच्च तहका व्यक्तिको सहभागिता रहनेछ ।