नेपालगन्ज- मानब बन्यजन्तु द्वन्द ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डिल्ली गिरीको अध्यक्षता एबम् सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उपाध्यक्ष खड्काले सरकारको निति अब मानिसको ब्यबस्थापन गर्ने मात्र नभई बन्यजन्तुको समेत उचित ब्यबस्थापन हुने गरि बन्नू पर्ने बताए ।
उनले बन्यजन्तुको संरक्षण जति जरुरी छ त्यस वरिपरिका मानिसको सुरक्षा गर्नु पनि तेतिकै चुनौतीपुर्ण बनेको बताए।
कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका जनावरबाट पीडित स्थानीयहरु आफूहरुले उचित राहत नपाएको भन्दै आक्रोश पोखेका थिए । केहि मात्र राहत दिइने गरे पनि प्रक्रिया झन्झटीलो भएको गुनासो गरेका थियो । कार्यक्रममा महासंघका केन्द्रिय सचिब बृख शाहि,केन्द्रिय सचिबालय सदस्य ठाकुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।