विपद् प्रभावितका लागि खुला स्थान पहिचान नक्साङ्कन तालिम


नेपालगन्ज । बाँके जिल्ला प्रकोपको दृष्टिकोणले जोखिम जिल्लामा पर्दछ यहाँ मौसम अनुसारको विपद् हुने गरेको छ । आवास क्षेत्र तथा खुला स्थान पहिचान नक्साङ्कन तालिमको समापन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक रमेशकुमार के.सी.ले उक्त कुरा व्यक्त गर्नु भएको हो । उहाँले प्रकोपलाई रोक्न सक्दैनौ तर प्रकोपको प्रभावलाई कम गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।


नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्माले विगतको विपद्लाई सम्झदै आगामी दिनमा स्थानीय तह बढी सक्रिय भई पूर्वतयारी गर्न तर्फ ध्यान आर्कषण गराउनु भयो । उपाध्यक्ष शर्माले रेडक्रस आप्mनो क्षमता अनुसारको काम गर्न स्थानीय तहसंग सहकार्यमा रहेको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रसले जे जति काम गर्दै आएको छ त्यो सबै नेपाल सरकार कै लागि हो । विपद् प्रभावित समुदायमा रेडक्रस सबै क्षेत्रमा काम गर्दै आएता पनि अबका दिनमा विषयगत क्षेत्र गैरखाद्य राहत÷आवास व्यवस्थानमा अगुवाई गर्ने र अन्य क्षेत्रमा सहयोगी मात्र हुने जानकारी गराउनु भयो ।
नेपाल रेडक्रस सोसाइटीको आयोजनामा चैत्र १ र २ गते संचालन भएको २ दिने उक्त तालिममा आपत्कालीन आवास व्यवस्थापन, खुला स्थानको पहिचान, मोबाइलबाट ओ.एस.यम.को प्रयोगबाट विपद् क्षेत्रको पहिचान, तथ्यांक व्यवस्थापन लगायत प्राविधिक ज्ञान र व्यवहारिक अभ्यास समेत गराईएको छ ।
तालिममा जिल्ला प्रशासन कार्यालय, आपत्कालनीन कार्यसंचालन केन्द्र, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जिल्ला जनस्वास्थ्य, जिल्ला शिक्षा कार्यालय, ६ वटा गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा, रेडक्रसको १४ उपशाखा समेत गरी ३७ जनाको सहभागिता रहेको छ ।
अधिकांश व्यक्तहरुले यो तालिम प्रभावकारी रहेको कुरा उल्लेख गरेका थिए । साथै आगामी दिनमा स्थानीय तहमा यस प्रकारको तालिम आवश्यक रहेको जनप्रतिनिधिहरुले महसुस गरेका छन् ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्तीसोनारी ६ का वडा अध्यक्ष जनक चौधरी र रेडक्रस बाँकेका कार्यालय प्रमुख निरञ्जना मल्ल लगायतले विचार व्यक्त गर्नु भएको थियो । नेरेसो विपद् व्यवस्थापन विभागका रमेश घिमिर र नीरु प्रधानले सहजीकरण गुर्न भएको थियो भने कार्यक्रम संचालन सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले गर्नु भएको थियो ।
प्रहलाद विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *