कपुरकोटमा दुई दिने सांस्कृतिक कार्यक्रम


कपुरकोट । गर्मियाम शुरु भएसंगै घुमफिरका लागी सबैको रोजाइ पर्ने सल्यानको कपुरकोटमा यही चैत्र ६ र ७ गते सांस्कृतिक कार्यक्रम हुन लागेको हो । निरन्तर विभिन्न सामाजिक कामका साथै लोक कला संस्कृतीको संरक्षण, सम्बद्र्धनमा लागिरहेको सुनौलो विहानी युवा क्लवले चैतेदशैंको अवसर पारी कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमको तयारी स्वरुप जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा आज आइतबार विहान ८ बजेदेखि सुनौलो विहानी युवा क्लव किमुचौरले सरसफाइ सुरु गरिएको छ । ६ र ७ गते हुन लागेको कार्यक्रममा बजार क्षेत्रमा भिडभाड नरहोस् भनेर क्लवले गाडी पार्किङको पनि व्यसस्था गर्ने भएको छ । प्रहरी चौकि कपुरकोट र ट्राफिक प्रहरी संगको सहकार्यमा पार्किङका लागी निश्चित स्थान तोकिएको क्लवका अध्यक्ष चुडामणी पिएमले जानकारी दिएका छन् ।

दुइ दिन सम्म कपुरकोटमा हुन लागेको सांस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु चन्द्र शर्मा, रोशन सिंह, टंक तिमिल्सीना, सम्झना लामिछाने, करिष्मा ढकाल लगाएत दुइ दर्जन कलाकारले मनोरञ्जन दिने कार्यक्रम संयोजक पुरुषोत्तम परियारले जानकारि दिएका छन् ।

विशेष गरी गर्मियाम शुरु भइसकेकोले शितल वातावरण, चिसो पानी र ढकमक्क लालीगुराँसले गर्दा निकै सुन्दर मानिने कपुरकोटमा सांगीतिक मनोरञ्जन प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *