प्रदेश ५ को मन्त्रिमण्डको विस्तार, ३ मन्त्री थपिए


बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो मन्त्री मण्डलको विस्तार गरेका छन् । करिब एक महिना पहिले मुख्यमन्त्री बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रभावशाली नेता पोखरेले आज मन्त्रिमण्डको विस्तार गरेका हुन । एक महिनाअघि ३ सदस्यीय मन्त्रिपरिषदसँगै बनेको प्रदेश ५ सरकारमा आज ३ मन्त्री थपिने भएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले एमालेका २ र माओवादी केन्द्रका एक गरी ३ मन्त्री थपेका हुन् । आज थपिएकामा एमालेका रुपन्देही सांसद लीला गिरीले उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालय र बाँकेकी आरती पौडेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएकी छन् । यस्तै माओवादी केन्द्रबाट गुल्मीका सांसद सुदर्शन बरालले सामाजिक विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

हिजो भएको २ दलको बैठकमा माओवादी केन्द्रले सामाजिक मन्त्रालय दाबी गरेपछि आज पुनः बैठक बसेर मन्त्रालय बाँडफाँड र मन्त्रीको अन्तिम टुंगो लगाएको एमालेका प्रमुख सचेतक भूमीश्वर ढकालले बताए ।

प्रमुख सचेतक ढकालका अनुसार मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीहरुलाई नियुक्ति गरेका हुन । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सफथ लिएको मुख्यमन्त्री कार्यालयमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *