कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव शर्मा चयन


बुटवल । नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव शर्मा निर्बिरोध चयन भएका छन् ।
प्रदेश सभाका जेष्ठ सदस्य ७९ बर्षिय बलदेव शर्मा र अन्य चारजनाले फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दिएका थिए । सोमबार दिउँसो २ बजे हुने भनिएको मतदान अघि नै बलदेव सर्बसम्मत भएका हुन् । लामो छलफलपछि रुपन्देहीका बलदेवको नाममा सहमति जुटेको कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिए ।
नेता बन्नका लागि यसअघि बलदेवसँगै पाल्पाका बीरबहादुर राना, कपिलबस्तुका बीरेन्द्र कनोडीया, रुपन्देहीकै फकरुद्धिन खाँ र दाङका डिल्ली चौधरीले उम्मेदवारी दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *