नेपालगन्ज-बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका बनाउनका लागि तयारी तिब्र पारिएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरु दैनिक जसो घर–घरमा पुगेर बालबालिकाले खोप लिए, नलिएको अनुगमनसंगै तथ्याङ्क संकलन गर्दै खोप नलिएका बालबालिका फेला परे उनीहरुलाई खोप दिने गरिएको छ ।
सो गाउँपालिकालाई चैतभित्र पुर्णखोप गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको छ । सोही तयारी अन्र्तगत चैत्र ७ गते रनियपुर, ९ गते सोनपुर, १३ गते उडरापुरका वडाहरुलाई पुर्ण खोप वडा घोषणा गरिदै छ । यसअघि राधापुर र सितापुर पुर्ण खोप वडा घोषणा भइसकेका छन् ।
खजुरा गाउँपालिका स्वास्थ्य उपसंयोजक लक्ष्मी केसी ओलीले अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु तिब्ररुपमा काममा खटिएको बताइन ।