विद्युत चोरी गर्ने ११ थान मिटर प्राधिकरणको नियन्त्रणमा


कोहलपुर । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले नियम विपरित विद्युत चोरी गर्ने ११ थान मिटर नियन्त्रणमा लिएको छ । केन्द्रले विद्युत चुहावट नियन्त्रणका लागि कडाई गरेको छ । मंगलबार अपराह्न वितरण केन्द्रको टोलीले कोहलपुर नगरपालिका वडा नं.१२ को खड्कवारबाट ११ थान मिटर नियन्त्रणमा लिएको हो । मिटर बाइपास गरी विद्युत चोरी गर्दै गरेको २ एचपीको पानी तान्ने मोटर पनि नियन्त्रणमा लिएको वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।

प्राधिकरणले मिटर बाइपास गरेर चुहावट गर्ने गरेका मिटरहरुसँगै हुकिङ्ग गर्दै गरेकालाई पनि कारर्वाहीका लागि प्रक्रिया अगाडी बढाएको छ ।
कार्यवाहीबाट लगभग ४ लाख बढी राजस्व संकलन हुने अनुमान गरिएको प्रमुख लामिछानेले बताए । रातिको समयमा छ्डके निरीक्षण गर्दै आएपनि केही समययता दिउसोको समयमा पनि चुहावट नियन्त्रण टोली सक्रिय रहेको वितरण केन्द्र प्रमुख लामिछानेले बताए । ‘राती भन्दा दिउँसोको समयमा विद्युत चोरी गर्नेहरु भेटिन थालेपछि चुहावट टोली सक्रिय गराएका हौं’ प्रमुख लामिछानेले भने । चुहावट नियन्त्रणमा कडाइ अपनाएपछि चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा कोहलपुर वितरण केन्द्रले १६ लाख १२ हजार १ सय९७ रुपैयाँ रकम संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।

गतबर्ष २३ प्रतिशतसम्म रहेको कोहलपुर वितरण केन्द्रको विद्युत घाटा अहिले १४.१८ प्रतिशतमा झरेको जनाइएको छ । मिटरमा चलखेल गरेर, मिटरसम्म आउने मुख्य सर्विस तारमै बाइपास गरेर, हुकिङ्ग गरेर लगायतका तरिका अपनाएर विद्युत चुहावट हुने गरिएको बढी भेटिने गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *