नेपालगन्ज- बाँके डुडुवा गाउँपालिका वडा नं. ३ का वडा सदस्य तथा गाउँसभा सदस्य ४२ वर्षिय अलिउल्ला खाँको निधन भएको छ । गएराती ९ बजे घरको छतबाट खसेर गम्भीर घाईते खाँलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटो मै निधन भएको परिवारले बताएको छ ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी र ३ नंम्बर वडाध्यक्ष भण्डारीलाल यादवले आज शोक बक्तव्य जारी गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छन् ।
खाँको निधनले गाउँपालिकालाई नै क्षति पुगेको भन्दै शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
उनको बुधवार दिउसो ३ बजे धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । गाउँपालिका कार्यालयलेउनको निधनको शोकमा गाउँपालिका र ६ वटै वडा कार्यालयमा बुधवार एक दिनको सार्वजनिक विदा गरि शोक मनाएको छ । मृतक खाँ स्थानीय तहको निर्बाचनमा सघिंय समाजबादी फोरम नेपालबाट वडा सदस्यमा निर्वा्चित भएका थिए थियो ।