नेपालगन्ज- नम्बर ५ का भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री बाँकेकी आरति पौडेल र प्रदेश नम्बर ५ का भौतिक योजना मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीलाई बुधवार नेपालगन्जमा सम्मान गरिएको छ । नेकपा एमाले बाँकेले मन्त्री चौधरी र पौडेललाई सम्मान गरेको हो । सममान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अहिले प्रदेश राजधानी बुटवललाई अस्थायी राजधानी तोकेको र संविधान अनुसार कहाँ राजधानी राख्ने भन्ने बिषय नसकिएको बताए ।
उनले प्रदेशको राजधानी जहाँ भएपनि राजधानी नभएका ठाउँमा विकास रोकिन्छ भने कसैले कल्पना नगर्न आग्रह गरे । ‘प्रदेश राजधानी नहुँदैमा कुनै ठाउँको विकास रोकिन्छ भने नसोचौं । त्यस्तो हुँदैन’– मन्त्री चौधरीले भने,–‘अब राजधानी भएको ठाउँदेखि गाउँसम्म समानुपातिकरुपमा विकास हुन्छ ।’
त्यसैगरि कृषि मन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ देशकै सबैभन्दा उर्वर जमिनका रुपमा परिचित रहेको भन्दै प्रदेशलाई विकास गर्ने हो भने कृषि बिषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिईन ।
उनले आफु यिनै बिषयमा केन्द्रित भएको र यसका लागि कार्यायोजना निर्माण गर्ने बताईन । पौडेलले अहिलेको सहकारीमा लगानी गरेर बचत गर्ने मात्र भएको र अब सहकारीले त्यहि काम मात्र नभई कृषकको उत्पादनलाई प्रसोधन तथा बजारिकरण गरेमा राम्रो हुने बताइन । उनले कृष्कको उत्पादनलाई व्यापारी सम्म पु¥याउन विचमा लाग्ने विचौलियाले गर्दा धेरै मेहनत गर्ने कृष्क मर्कामा परेको भन्दै अव त्यको अन्त्यका लागि आफु लाग्ने बताईन ।
नेकपा एमाले बाँकेका कार्यवहाक अध्यक्ष निरक गुरुङ्गको अध्यक्षतामा सम्मपन्न भएको कार्यक्रममा अध्यक्ष गुरुङ्गले प्रदेशको राजधानीका बिषयमा बाँके र बर्दियाका जनता असन्तुष्ट भएकाले उनीहरुको भावनाको कदर गर्नका लागि पनि विकासका मुद्दाहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।