बाँके । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका कान्छा भाइ नेपाली काँग्रेस बाँकेका नेता बिजय कोइरालाको आज बिहान उपचारकौ क्रममा आज काठमाडौमा भएको छ
नेपालगञ्ज– १० निवासी ७४ वर्षिय कोइरालाको विहान भैसेपाटी मेडीसिटी अष्पतालमा उपचारकै क्रममा निधन भएको परिवारिक निकट स्रोतले जनाएको छ । उनी दुई हप्तादेखि निमोनीयाबाट ग्रस्त भएपछि उपचारको लागि अस्पताल भर्ना भएका थिए । नेपालगन्जको साविकको वडा न १३ का वुथ सभापतिसमेत रहेका स्व.कोईरालाका एक छोरा एक छोरी छन् । सिनियर ओभरसीयसरका रुपमा क्रियाशिल कोइराला मृदुभाषी हुनुका साथै
कोईरालालाई श्रदाञ्जली दिन अहिले परिवारका सदस्य, आफन्त तथा काँगे्रसीजनहरु अष्पतालमा जम्मा भएको उपचारमा संलग्न भतिजा एवं काँगे्रस यूवा नेता सुधांशु कोइरालाले जानकारी दिए । उनले दिएको जानकारी अनुसार बिहीबार साँझसम्म काठमाडौ आर्यघाटमा दाहसंस्कार गरिने तयारी भइरहेको छ ।