प्रदेश नं.५ को आर्थिक विधेयक पारित


बुटवल । आज बसेको प्रदेश नं. ५को प्रदेशसभा बैठकले आर्थिक विधेयक पारित गरेको छ । सरकारका तर्फबाट चैत ४ गते संसद बैठकमा पेश भएको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरियोस् भनि भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले प्रस्ताव गरेका थिए ।
उक्त विधेयकलाई संसदले बहुमतले पारित गरेको हो । पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि प्रदेश सरकारले आर्थिक कारोबार गर्न र केन्द्र सरकारले दिएको बजेट ल्याउन बैंकमा खाता खोल्न पाउनेछ ।
संघीय सरकारले यो आर्थिक वर्षमा प्रदेश सरकारलाई १ अर्ब २ करोड बजेट उपलब्ध गराएको छ । प्रदेश सभाबाट आर्थिक कार्य्विधि पास भएपछि सरकारले त्यो बजेट व्यवस्थापन र परिचालन गर्न सुरु गर्नेछ ।
प्रदेशसभाको अर्को बैठक चैत १५ गते बिहीबार १ बजे बस्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *