नेपालगन्ज- नेपाल बार एशोसियएसनको आयोजनामा १४ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन आज बाट तिन दिन सम्म नेपालगन्जमा सञ्चालन हुने भएको छ । राष्ट्रिय सम्मेलनको राष्ट्रपति विद्या देवी भन्डारीबाट उद्घाटन गरिने बाँके जिल्ला अदालत बार एशोसिएसनले बताएको छ । कार्यक्रमको हौटेल रिद्धार्थ भ्यूमा विहान १० बजै उद्धघाटन गरिने भएको छ । राष्ट्रिय सम्मेलनमा संवैधानिक र कानूनी विषयमा गहन छलफल तथा प्रस्तुती समेत हुने बताइएको छ । सम्मेलनमा सहभागि हुन देशभरका कानून व्यवशायीहरु नेपलगन्जमा आइपुगेका छन् ।