नेपालगन्जमा निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको उद्घाटन

नेपालगन्ज -बाँकेको नेपालगन्जमा निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको हिजौ उद्घाटन गरिएकौ छ । उद्घाटन कार्यक्रममा बौल्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताएका छन् । त्यस्तै खरेलले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्पm कर्मचारीहरुको ध्यान दिनुपर्ने बताएका छन् ।

महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै संविधानले निर्दिष्ट गरेअनुसारका संरचना निर्माणको काम पनि अहिले द्रुतगतिमा अघि बढिरहेको बताए ।

नायब महान्यायाधिवक्ता बद्रीप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले सरकारी वकिल र प्रहरीको समन्वयबाट मुद्दाको अभिभाजनलाई प्रभावकारी बनाउन सकिने भएकाले यस विषयमा गम्भीर हुन सुझाव दिए ।

नेपाल बार एसोसिएसन उच्च अदातलका अध्यक्ष बलबहादुर चन्द, सहन्यायाधिवक्ता लक्ष्मीनारायण दाहाल र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सुनीलकुमार ठाकुरीलगायतका वक्ताले नागरिकको न्यायप्राप्तिको चाहनालाई छिटो र छरितो पु¥याउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

रु ५ करोड ९६ लाख ४८ हजारको लागतमा सो भवन निर्माण भएको हो । निर्माणका लागि २४ महिनाको अवधि तोकिए पनि २० महिनाको अवधिमा निर्माण भएकोे भवनलाई अपांगमैत्री र भूकम्प प्रतिरोधात्मक बनाइएको छ ।