कोहलपुर उद्योग वाणिज्य संघसँग सूचना माग

कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कोहलपुर पर्यटन महोत्सवको विषयमा आरटिआई कोहलपुर समूहले संघसँग सूचना माग गरेको हो
सूचनाको हक सम्बन्धी ऐन २०६४ ले प्रत्यायोजन गरेको हरेक नागरिकलाई सूचनाको अधिकारलाई संरक्षण र प्रचलन प्रयोग गरेको समूहका अध्यक्ष जय सिंह के.सी. बताएका छन् ।
मेलामा खरिद गरिएका आथित्य सत्कारमा प्रयोग भएका मायाको चिनो, कदर पत्र, सम्मान पत्र र प्रशंसा पत्र कति परिमाणमा कति मूल्यमा खरिद गरिएको र खरिद गरिएको सामाग्रीहरुका विवरण खुलाई खरिद कुन विधी प्रक्रियाबाट गरिएको यसको विषयमा पूर्ण रुपमा सूचनाका माग गरिएको छ ।
सूचनामा महोत्सव सञ्चालन अवधीमा कति परिमाणमा टिकट विक्री भयो ? र टिकट विक्रीबाट कति रकम संकलन भएको छ । त्यसको सबै यथार्थपरक विवरणहरु पनि माग गरिएको छ । साथै सचिवालय उप–समितिले खरिद गरेका वस्तु तथा सेवाहरुको सबै विवरण र खरिद प्रक्रिया विधि बारे पनि सूचना माग गरिएको हो ।
आरटिआई समूह कोहलपुरका सल्लाहकार एवम् पत्रकार भिम रावतका अनुसार सूचना माग सहितको पत्र कार्यालयमा पदाधिकारीहरुले बुझ्न आलटाल गरेपछि समूहले शुक्रवार नै हुलाक कार्यालयमार्फत पत्र पठाएर सूचना माग गरेको छ । संघका अध्यक्ष चक्र बहादुर अधिकारीलाई पटक–पटक सूचना माग सहितको पत्र बुझ्न आग्रह गरेका थियौं तर उहाँले कार्य व्यवस्ताको वहाना देखाउँदै पत्र बुझ्न नमानेपछि हुलाक कार्यालयमार्फत पत्र सम्प्रेषण गरेर सूचना माग गर्न बाध्य भयौं, समूहका अध्यक्ष के.सी.को भनाई रहेको छ । नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष प्रदिप वाग्ले, स्थानीय पत्रकारहरु, समूहका सल्लाहकारहरु राजेश आचार्य, पुजन विश्वकर्मा लगाएतको समूहले सूचना मागका लागि संघको कार्यालय पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *