बर्दिया । राजापुर नगरपालिकाले नगर स्तरीय महिलाका लागि ५ दिने आधारभूत उद्घोषण तालिम शुरु भएको छ । राजापुर नगरपालिकाको आर्थिक सहयोग र रेडियो साथी एफ एमको आयोजनामा सञ्चालन गरिएको तालिममा १० वटै वडाका २० जना महिलालाई तालिमका सहभागि रहेका छन् । तालिमको उद्घाटन गर्दै राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरीले विभिन्न ठाउँ, सार्वजानिक सरोकारका विषयमा आवाज उठाउन सक्ने, विकासे योजनामा स्थानीय आवश्यकताका बारेमा बोल्न सक्ने र आत्मविश्वास बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताएका छन् । सहभागिले सिकेका ज्ञान व्यवहारमा उतार्ने कुरा आफुले विश्वास लिएको मेयरको भनाई छ । तालिम ५ दिन सम्म संचालन हुने छ ।
तालिमका प्रशिक्षक गुर्वावा एफ एम बाँसगढी वर्दियाकी स्टेशन म्यानेजर तथा सिआईएनका संवाददाता पुष्पा चौधरीले सहजीकरण गरेकी थिइन भने राजापुर कम्युनिकेशन प्रा लि का अध्यक्ष विश्वमान प्रधानको सभापतित्वमा भएको कार्यक्रमको संचालन टेक्निकल कलेजका व्यवस्थापक राजकुमार थारुले गरेका थिए ।
मिन अधिकारी बर्दिया