माओवादी केन्द्रले नेताहरुको जिम्मेवारीमा फेरबदल


काठमाडौं । माओवादी (केन्द्र)ले मन्त्री भएका नेताहरुको प्रदेश इन्चार्ज जिम्मेवारीबाट पद मुक्त गरेको छ । इन्चार्जको जिम्मेवारीमा रहेका नेताहरु मन्त्रीको जिम्मेवारीमा गएपछि उनीहरुले समाल्दै आएको पार्टीभित्रको जिम्मेवारी अन्य नेताहरुलाई दिने निणर्य गरेको हो ।
आज बसेको माओवादी (केन्द्र)को हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो । पार्टी जिम्मेवारीबाट मन्त्री बनेका मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् । प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन् ।
यादव २, गुरुङ ४, पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज थिए । प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीलाई कारबाही गरेकाले यो पद पनि रिक्त थियो ।
प्रदेशमा इन्चार्जको जिम्मेवारी पाउनेमा प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मा इन्र्चाज बनेका छन् । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट इन्चार्ज कायमै रहेको माओवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *