नेपालगन्ज–रामनवमी पर्व आज धुमधामका साथ मुलुकभर मनाईदै छ । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । सरकारी विदा पनि छ आज । यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ ।
राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ। रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ।
नेपालगन्जको वागेश्वरी मन्दिरमा आज विहानैदेखि भक्तजनको घुईचौ लागेको छ । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ। रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो।