नेपालगन्ज–कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सरकार कानूनको सर्वोच्चतालाई स्थापित गर्ने अभियानमा रहेको बताएका छन् । नेपालगन्जमा आईतवार पत्रकारसँग कुराकानी गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।
‘कानूनकोे सर्वोच्चता भन्दा कानूनमा बसेकाहरुको सर्वोच्चता अलि बढेको हो कि भन्ने जनगुनासो व्यापक छ । कानूनको सर्वोच्चता स्थापित गर्ने कुरामा वर्तमान सरकार दृढता पूर्वक लाग्छ ।’– मन्त्री तामाङले भने–‘कानूनको व्याख्या गर्ने थलोलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने कुरालाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौं ।’