विवादकाबीच २८ वुँदे नेपालगन्ज घोषणापत्र जारी

नेपालगन्ज- तीन दिनदेखि नेपालगन्जमा जारी नेपाल वार एशोसिएसनको १४ औँ राष्ट्रिय सम्मेलनले विवादका बीच २८ वुँदे नेपालगन्ज घोषणापत्र जारी गर्दै आईतवार सम्पन्न भएको
छ ।

संवैधानिक र कानूनी विषयमा प्रस्तुत कार्यपत्रमाथि गहन छलफल पश्चात सम्मेलनले नेपालगन्ज घोषणापत्र जारी गरेको नेपाल वार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।

नेपालगन्ज घोषणा पत्रमा आपति जनाउँदै कानुन ब्यवसायीको एक समूहले बिरोध जनाएपछि समापन समारोहमा केहीवेर विवाद उत्पन्न भएको थियो।

बारका पूर्वउपाध्यक्ष टिकाराम भट्टराई, अधिवक्ता बालकृष्ण ढकाल, एकराज भण्डारी, सुरेन्द्र थापा लगायतले घोषणापत्र प्रति आपति जनाउँदै बिरोध जनाएका हुन्। उनीहरुको बिरोधका कारण घोषणापत्र जारी गर्ने प्रक्रिया केहीवेरअन्यौलमा परेको थियो। असन्तुष्ट कानुन ब्यवसायीले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग प्रकरण, निर्वतमान प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्हिगमन प्रकरण, अदालतमा ब्याप्त बिकृती, विसंगती, भ्रष्टाचारका विषयमा घोषणा पत्रमा स्पष्ट नपारिएको गुनासो गरेका छन्।

यस्तै राजनीतिक आस्थाका आधारमा झुट्टा मुद्दा लगाउने र दुःख दिने विषयमा बारले नबोलेको उनीहरुको आरोप छ। उनीहरुका सुझावलाई घोषणापत्रमा सुझावको रुपमा समेट्ने गरी २८ बुँदे घोषणा पत्र जारी भएको हो ।

सम्मेलनमा देशभरका तीन हजार कानून व्यवसायीको सहभागिता रहेको थियो ।सम्मेलनको समापन समारोहलाई कानून न्याय तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामङले सम्वोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *