नेपालगन्ज- प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल नेपालगन्जमा व्यस्त रहेका छन् । आईतवार साँझ नेपालगन्ज आइपुग्नुभएका मुख्यमन्त्री पोखरेल सोमवार पनि विभिन्न कार्यक्रममा नेपालगन्जमा व्यस्त हुने भएका छन् ।
नेपाल उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको प्रादेशिक आर्थिक वहसमा सहभागि हुन मुख्यमन्त्री पोखरेल नेपालगन्ज आएका हुन् ।
मुख्यमन्त्री पोखरेलले सोमवार नेपालगन्ज रंगशालाको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । आगामी वर्ष नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि नेपालगन्ज रंगशालामा निर्माणाधिन भौतिक पूर्वाधारको मुख्यमन्त्रीले अवलोकन गर्ने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।
उक्त कार्यक्रम पश्चात सोवारनै नेकपा एमाले बाँकेले आयोजना गरेको भेलामा समेत मुख्यमन्त्री सहभागि हुने बताईएको छ । एमाले स्थानीय तह विभागले आयोजना गरेको जनप्रतिनिधिको भेलालाई मुख्यमन्त्री पोख्रेलले सम्वोधन गर्ने कार्यक्रम रहेको विभागका प्रमुख एवम् एमाले बाँकेका उपसचिव प्रमोद धितालले जानकारी दिए।