काठमान्डौँ- एक व्यापारिक भवनमा आगलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। रुसकाे राजधानी मस्कोदेखि २२ सय मिल टाढा रहेको साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा भीषण आगो लाग्दा ६४ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ४१ बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विन्टर चेरी मलको चौथो तलाबाट आगो लागेको उक्त भवनमा मनोरञ्जन कम्प्लेक्स, सिनेमा हललगायत कक्ष रहेको बताइएको छ। सिनेमा हलभित्र रहेका धेरेजसोको मृत्यु भएको बताइएको छ। अग्निनियन्त्रक र उद्धारकर्ताहरुले प्रयास गर्दागर्दै पनि आगो र धुँवाले निस्सासिएर धेरै मानिसको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।