नेपालगन्ज- बाँके जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आफुलाई काम गर्नकालागि असहज भएको गुनासो गरेका छन् ।
नेकपा एमाले पार्टी कार्यालयमा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले यस्तो बताएका हुन । मुख्य मन्त्री सँग स्थानीय तहका जनप्रतिनिधिको संवाद कार्यक्रममा एमाले बाट उम्मेद्वार बाँके जिल्लाका आठ आटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा जनप्रतिनिधिले विभिन्न गुनासो सुनाएका छन् ।
कार्यक्रममा सहभागि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले कर्मचारी अभाव भएको र भएको कर्मचारी पनि दक्ष नभएको गुनासो गरका छन् । उनले आवश्यक कर्मचारी पुर्ति गर्न तथा भएका कर्मचारीको सिप विकासका लागि तालिमको व्यवस्था गर्न मुख्य मन्त्री सामु आग्रह गरेका छन् ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं २ का अध्यक्ष कर्ण सिंह वुढाले पनि कर्मचारी अभाव सँगै नेकपा माओवदीका कार्यकर्ताले चिठ्ठी दिएर राजिनामा दिनका लागि दवाव दिएको बताएका छन् ।
अन्य विभिन्न वडाका अध्यक्षहरुले पनि गुनासो सुनाएका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एउटै पार्टीको नहुँदा वहुमतको दम्बमा एकलौटी निर्णय गरेर काम गर्नले आफुलाई काम गर्न असहज बनाएको बताएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधानले दिएको अधिकारको अभ्यास गर्ने ठाउँमा जनप्रतिनिधि नपुगेको बताएका छन् । उनले अहिले जुन जनप्रतिनिधिले गरेको काम छ त्यो पुरानो विरासत सँग जोडिएर केहि संक्रमणकालिन प्रवन्धन अन्तर्गत गरिएका काम भएको उल्लेख गरेका छन् ।
संविधानले प्रत्याभूत गरेको अधिकारका आधारमा काम गर्न बाँकि रहेका भन्दै भन्त्री पोखरेलले भने–‘जनताले चुनेका मान्छेले काम गर्न नपाउने , अनिर्वाचितले भने काम गर्छु भनेर राजिनामा माग गर्ने भन्ने कुरालाई मान्न सकिन्छ र ? उनल थपे जनताको काम गर्ने हो भने मैदानमा आउनु पर्छ चुनाव लड्नु पर्छ । चुनावमा जान आट नगर्ने ,लुकेर नेतृत्वको अपेक्षा गर्ने यस्तो हुन सक्दैन ।’
नेकपा एमाले बाँकेका उपसचिव तथा स्थानीय निकाय विभागका संयोजक प्रमोद धितालले स्थानीय तहलाई पार्टीसँग समन्वय गरेर महत्वपूर्ण निर्णय गर्न सुझाव दिए । कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन, जिल्ला अध्यक्ष अशोक कोइराला, प्रदेश सभा सदस्य बाबुराम गौतम, याकुव अनसारीका, जिल्ला उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री लगायतको उपस्थिति रहैकौ थियौ ।