नेपालगन्ज-नेपालगन्ज रंगशालामा निर्माण हुने सुटिङ्ग रेन्जको सोमवार शिलन्यास गरिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक समारोहका बीच रेन्जको शिलान्यास गरेका हुन् ।
सो अवसरमा बोल्दै उनले देश संघीय शासन ब्यबस्थामा प्रवेश गरेकाले संघीय शासन ब्यबस्थालाई सफल पार्न केन्द्र, प्रदेश र स्थानीय तहबीच तालमेल हुन आबश्यक रहेको बताए।
मुख्यमन्त्री पोखरेलले समृद्धि हासिल गर्न सबै तहका सरकारबीच तालमेल र समझदारी हुन जरुरी रहेको बताए।
उनले खेल क्षेत्रले स्वस्थ जनशक्ति तयार गर्ने, राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउनुका साथै युबाहरुमा बढ्दै गइरहेको दुब्र्यशन, कुलतबाट सकारात्मक सोचतर्फ निर्देश गर्न अहम् भूमिका खेल्ने उल्लेख गरे।
नेपालगन्ज लगायत ५ नम्बर प्रदेशमा हुन गईरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आ–आफ्नो तर्फबाट सबैले सहयोग गर्नु पर्ने समेत बताए।
मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले पौडी पोखरी, भारतोलन हल, १० हजार सिट क्षमता भएको प्याराफिट समेत बन्न लागेको बताए।
आफ्नै क्षेत्रमा हुन गइरहेको प्रतियोगितलाई सबै मिलेर सफल पार्नुपर्ने ओलीले बताए।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु आइपी खरेल, बाबुराम गौतम, सुरेन्द्र हमाल, कृष्णा केसी नमूना, याकुव अनसारीको पनि उपस्थिति रहेको थियो ।
एक करोडको लागतमा सुटिङ रेन्ज निर्माण हुने भएको हो।मुख्य मन्त्रीले पौडी पोखरी, भारतटोलन हल,फुटबल मैदान लगायत अन्य सबैको निरीक्षण गरेका थिए।