नेपालगन्ज- नेपालगन्जमा जारी आधारभुत तह उतिर्ण परिक्षाको आज निरिक्षण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत पहिलो पटक जारी कक्षा ८ को आधारभुत तह उतिर्ण परिक्षासँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) भइरहेको केन्द्रहरुको पनि निरिक्षण गरिएको हो ।
एसईईको परिक्षा ८ गतेबाट शुरु भएपनि कक्षा ८ को भने आजेदेखि शुरु भएको छ । आधारभुत तह उतिर्ण परीक्षा सञ्चालनका लागि नगरमा तोकिएका १० वटा केन्द्र मध्ये अधिकांस परीक्षा केन्द्रको आज उपमहानगरपालिकाको एक टोलीले निरिक्षण गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी इश्वर पौडेलसहितको टोलीले विहान केन्द्रको निरिक्षण गरेको हो ।
उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी पौडेलका अनुसार– नगरका १० वटा केन्द्रमा सरकारी स्कुलबाट नौ सय ६३, र बोर्डिङ स्कुलबाट सो¥ह सय गरि पच्चीस सय ६३ विद्यार्थी आधारभुत तह परिक्षामा सहभागी भएका छन् । मर्या्दित तथा व्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्न सुरक्षा,सुविधा तथा अन्य संवेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको नगर शिक्षा अधिकारी पौडेलको भनाई छ । निरिक्षण पछि परिक्षा मर्या्दित तरिकाबाट सञ्चालन भइरहेको पाइएको बताउँदै उपमहानगरपालिकाका उपप्रमुख थापामगरले समन्वय र सहकार्यका साथ जिम्मेवारी निर्वाह गर्न पनि सम्वद्ध सबैमा आग्रह गर्नु भयो ।