खजुरा गाउँपालिकाको विद्यालयमा अनुुगमन

खजुरा गाउँपालिकाको कार्यालय

बाँके । बाँकेको खजुरा गाउँपालिकाले आफ्ना मातहतका विद्यालयमा अनुुगमनलाई तीव्र बनाएको छ । मावि तहसम्मका विद्यालय स्थानीय तहले नै हेर्ने भएपछि शिक्षाको गुणस्तर बढाउन, विद्यालयका समस्या बुझ्न र त्यसको समाधानका उपाय खोज्न अनुगमनलाई तीव्रता दिइएको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलले जानकारी दिए । खजुरा गाउँपालिका शिक्षा समिति प्रमुख ईशार अलि दर्जीलगायत सम्बन्धित वडाका अध्यक्षहरु अनुगमनमा सहभागी हुने गरेका छन् ।

मंगलवार वडा नंं. ५, ६ र ७ का विभिन्न विद्यालयको अनुगमन गरिएको छ । उढरापुरको भानु माध्यमिक विद्यालयमा भौत्तिकपूर्वाधारको अवस्था नाजुक भएको पाइएपछि गाउँपालिकाबाट २ लाख रुपैयाँ छुट्याइने अनुगमनकै क्रममा प्रमुख कक्षपतिले घोषणा गरे । उनले भने, ‘हामीले विद्यालयको अनुगमन गरिरहेका छौं, कुन विद्यालयमा अध्यन अध्यापनको अवस्था कस्तो छ, भौत्तिकपूर्वारको अवस्था के छ तीलगायतका अन्य कुराहरु गहनरुपमा अध्ययन र समाधानका लागि उपायसमेत खोजिनेछ ।’ खजुरा गाउँपालिका क्षेत्र अन्तरगत १४ मावि, ५ आधारभूत, १६ प्रावि रहेका छन् । निजीस्तरका विद्यालय पनि संचालनमा छन् ।

यसैवीच माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा आठको जिल्लास्तरीय परीक्षाको समेत अनुगमन गरिएको छ । एसइईको ज्ञानोदय मावि, जनता मावि सन्तकुटी, शुक्र मावि, आदर्श मावि र अरुणोदय माविको अनुगमन गरिएको थियो भने जनसेवा मावि, भानु मावि र गोजहना माविमा कक्षा ८ को परीक्षाको अनुगमन गरिएको प्रमुख कक्षपतिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *