युवतीलाई बेच्न खोजेको आरोपमा पक्राउ परेका तीनजना सार्वजनिक


नेपालगन्ज-आर्थिक प्रलोभनमा पारी कोहलपुरकी एक युवतीलाई बेच्न खोजेको आरोपमा पक्राउ परेका तीन जनालाई कोहलपुर प्रहरीले सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिका–१२ बस्ने ६० वर्षीया शीतली नेपालीसहित दुई भारतीय नागरिक सूर्यजित सिंह र सत्याम ठाकुरलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

कमजोर आर्थिक अवस्था भएकी १४ बर्षिया युवतीलाई विवाह गर्ने वहानामा फकाएर भारतमा बेचबिखन गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको थियो ।

आरोपित शीतलाले बेचविखन गरी आर्थिक लाभ लिने मनसायले भारतीय नागरिक सत्याम ठाकुरसँग विवाह गर्नका लागि पीडित युवतीलाई फकाएको प्रहरीले जनाएको छ ।

आरोपी तीनै जनालाई मानव बेचबिखन तथा ओसार पसार शीर्षकको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *