नरैनापुरमा स्वास्थ्य शिविर,७ सय बढीले चेक गराए

नेपालगन्ज- बाँकेको विकट बघौडा क्षेत्र नरैनापुरमा बुधबार भएको स्वास्थ्य शिविरमा नरैनापुर गाउँपालिकाका विभिन्न वडाका ७ सय बढी स्थानीयहरुको स्वास्थ्य चेकजाँच गराएका छन्।
चेकजाँच गरिएका मध्ये सबैभन्दा बढी छाला, आँखा र कानका विरामी रहेको नेपालगञ्ज मेडिकल कलेजका सर्जन डा. रोमन किदवाईले जानकारी दिए । जटिल खालका समस्या भएका, अप्ररेशन गर्नुपर्ने विरामीहरुलाई नैपालगन्ज मेडिकलेजमा रेफर गरिएको डा. किदवाईले बताए ।
नेपाली सेनाको ४ नम्बर बाहिनी र भैरव प्रसाद गणको आयोजना, जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगञ्ज मेडिकल कलेज, भेरी अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा नरैनापुर गाउँपालिकाको समन्वयमा भएको स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत विभिन्न रोगका १० विशेषज्ञ डाक्टरहरुसहित १३ मेडिकल अधिृकतहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *