नेपालगन्ज–अख्तियार खुरुपयोग अनुसन्धान सम्पर्क कार्यलय कोहलपुरका प्रमुख ईश्वर कार्कीले स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारी र भूमिका कुशलतापूर्वक निभाएर भ्रष्टाचारलाई शून्यमा झार्नतर्फ ध्यान दिन आग्रह गरेका छन्।
नेपालगञ्जमा आज स्थानीत तहका प्रमुख, उपप्रमुखरहरुसंग अख्तियार दुरुपयोग अनुसन्धान सम्पर्क कार्यालय कोहलपुरले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन। भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्वन्धि अन्तरक्रियामा बाँकेका ८ वटै तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले स्थानीय तहहरुमा प्रभावकारी कार्य सञ्चालनका विषयमा आफ्नो प्रस्तुति राखेका थिए । उनले गुणवान, विवेकशील र त्यागको भावना राखेर काम गर्न जनप्रतिनिधिलाई सुझाब समेत दिए । स्थानीय तहहरु अहिले नै आत्मनिर्भर नहुने भन्दै उनले सबै मिलेर संघियतालाई सफल बनाउनुपर्ने बताए । सुशासन प्रबद्र्धन र भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने उनले धाणा राखेका थिए ।
कार्यक्रममा नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा, कोहलपुरका मेयर लुटबहादुर रावत, नरैनापुरका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, खजुराका अध्यक्ष किष्मतकुमार कक्षपति, डुडुवाका अध्यक्ष नरेन्द्र चौधरी, जानकीका रामनिवास यादव र बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले भ्रष्टाचाररहित पालिका बनाउन आफूहरु प्रतिबद्ध रहेको बताए।