बाँके । नरैनापुर गाउँपालिका वडा नं ६ मा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग र आयोजनामा गरिएको सिविरमा ६ सय ७५ जनाले नागरिकले सेवा लिएका छन् । शिविरमा स्वास्थ्य सेवा लिनेमा स्त्रीरोग सम्वन्धि ५० जना, कानका विरामी १५५ जना, आँखा रोगका २२५ जना, वालरोगका ३५, जना र २१० जनाले समान्य स्वास्थ्य परिक्षण गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रामबहादुर चन्दले बताए ।
जनतालाई घरदैलोमा नै स्वास्थ्य सेवा दिने उद्देश्यका साथ संचालन गरिएको शिविरमा जटिल स्त्री रोगका २० जना, २५ जना आँखाका ८ जना पाठेघरका रोगीलाई नेपालगन्जमा थप उपचारका लागि सिफारिस गरिएको छ । स्वास्थ्य शिविरका लागि नेपालगन्जबाट विशेषज्ञ डाक्टरहरु डा. रजनी केसी फिजिसियन, रमेश बोहोरा बालरोग, सन्तोस सिरपाइृली लगाएत ३२ जना स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षणमा सहभागिता रहेको थियो
आज नै नरैनापुर गाउँपालिका वडा न. ६ का १३८ जेष्ठ नागरिकलाई जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले छाता र टर्च लाईट सहित सम्मान गरिएको छ । स्वास्थ्य शिविर र जेष्ठ नागरिकको सम्मान कार्यक्रम साविक गंगापुर स्वास्थ्य चौकीमा सम्पन्न भएको हो ।