बुटवल- प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको सम्वृद्धिका लागि पुराना मनोविज्ञान हटाएर नयाँ र साझा मनोविज्ञान बनाउन जरुरी रहेको बताएका छन्। मुख्यमन्त्रीको आधिकारिक वेबसाइट र मोबाइल एप्सको उद्वाटन गर्दै मुख्यमन्त्री पोखरेलले पुराना र क्षेत्रियताको मनोविज्ञानले सिंगो प्रदेशको सम्वृद्धि नहुने बताएका हुन्।
मुख्यमन्त्रीको आधिकारिक वेबसाइट र मोबाइल एपको उद्वाटन गर्दै मुख्यमन्त्री पोखरेलले पुराना र क्षेत्रियताको मनोविज्ञानले सिंगो प्रदेशको सम्वृद्धि नहुने बताएका हुन्।
‘कसैले लुम्बिनीको हुँ भन्ने देखाउने, कसैले राप्तीको हुँ भन्ने देखाउने मनोविज्ञानले हाम्रो सम्वृद्धिको लक्ष्य पुरा हुन सक्दैन सम्वृद्धिको लागि सबैभन्दा पहिला पाँच नम्बर प्रदेशमा साझा मनोविज्ञान बनाउन जरुरी छ,’ उनले भने।
मुख्यमन्त्री पोखरेलले पारदर्शी र उत्तरदायी सरकारको निर्माण तथा जनताको सुसूचित हुने अधिकारको संरक्षण तथा संवर्द्धन गर्ने दिशामा वेबसाइट र एपले गतिशील पुलको काम गर्ने विश्वास व्यक्त गरे।
‘अहिलेको युग सूचना प्रविधिको युग भएकोले यसको सही तथा भरपर्दाे प्रयोगले जनतालाई छरितो र सहज बनाउँछ’,उनले भने।प्रविधिको प्रयोगबाट प्रदेशमा भएका विकासका गतिविधिहरूको अनुगमन तथा मूल्याङ्कन गर्न सक्ने भएकोले नागरिक शासन प्रणालीलाई पारदर्शी र गतिशील बनाउन बल पुग्ने उनले दाबी गरे।
सार्वजनिक गरिएको वेबसाइटबाट मुख्यमन्त्री सचिवालयबाट प्रेषित जनसरोकारसँग सम्वद्ध समाचार तथा सूचना, मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमहरूको सूचना, मुख्यमन्त्रीसँग भेटघाटको लागि अनलाइनबाट समय लिने व्यवस्था, प्रदेशमा रहेका साना ठूला सबै प्रमुख आयोजनाहरूको अद्यावधिक स्थिति, मुख्यमन्त्रीलाई प्रदेश संवद्ध गुनासो तथा सुझावहरू तत्काल दिन पाउने व्यवस्था, तथा समृद्धि संवाद अन्तर्गत आवश्यक तथा सान्दर्भिक विषयमा नियमित रुपमा मूख्य मन्त्रीको धारणा यमा उपलब्ध हुने छन् ।
प्रदेशको नामको टुङगोलागे पछि आधिकारीक डोमेन नाम छनोट गरिने समेत बताइएको छ ।त्यसैगरी मूख्य मन्त्री पोखरेलले प्रदेशको आधिकारीक नक्सा अन्तिम चरणमा पुगेको भन्दै केही समय भित्रनै त्यसलाई सार्वजनिक गरिने बताए ।पाँच नम्बर प्रदेशमा रहेका ऐतिहासिक तथा महत्वपूर्ण स्थानको पहिचान गर्न समेत नयाँ बनाइदै गरेको नक्सा बाट सहयोग पुग्ने बताए ।
अंग्रजि र नेपाली दुबै माध्यममा रहेको वइबसाइट र मोवाईल एप्स स्मार्ट मोवाईल बाट डाउनलोड गरि हेर्न सकिने छ ।
सूचना र प्रविधिको युगमा सूचना छिटो प्रदान गर्ने अहिलेको आवश्यकतालाई ध्यानमा राख्दै यो एप्स सञ्चालनमा ल्याइएको हो । यसले पारदर्शिता तथा सुुशासन कायम राख्ने प्राविधिकको विश्वास छ ।
काठमान्डौँको प्रसा कम्पनिले निर्माण गरेको डोमिनलाई www.pradesh-5.com (डब्लु डब्लु डब्लु डट प्रदेश ड्यास फाइब डट कम) बाट खोल्न सकिने छ भने एपलाई मोबाईलो प्लेस्टोरमा गई शंकर पोखरेल सर्च गरि डाउनलोड गर्न सकिन्छ ।