आर्थिकमा गरिब र भौगोलिकरुपमा बिकट भएपनि संस्कृतिमा धनी भएको सन्देश दिदै सूदुरमश्चिम

नेपालगन्ज- सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले ‘साहित्यिक–साँस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान’ सुरु गरेको छ । सो टोलीले बिहिवार नेपालगन्जमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै अभियान सुरु गर्नुको औचित्य र उद्देश्य बारे जानकारी गराएको छ ।
समाजका अध्यक्ष एवं मदन पुरस्कार बिजेता कथाकार रामलाल जोशीका अनुसार, अभियान कैलालीबाट शुरु भई चितवन, पोखरा, जनकपुर हुँदै पूर्व र भारतको दार्जि्लिङ्गसम्म पुग्ने र बैशाख १ गते कैलालीमै गई समापन गरिने बताए ।

अभियान अन्र्तगत ४५ जना कलाकारहरु रहेका छन् । बिहिवार कैलालीमा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भटट्ले अभियानको उद्दघाटन गर्दै सुरु गरेका थिए । सोही टोली हिजो सांझ नेपालगन्ज आएर आफ्नो प्रस्तुती दिएको छ । सो टोलीले सुदूरपश्चिमको देउडा, छुलिया, गौरा, भुवा, होली, संघीय जस्ता नृत्य प्रस्तुत गरेका थिए ।

टोलीमा थारु समुदायको उल्लेखिय सहभागिता रहेको कलाकार एवं गायक यज्ञराज उपाध्यायले बताए । आर्थिक रुपमा गरिब र भौगोलिकरुपमा बिकट भएपनि सूदुरपश्चिम संस्कृतिमा धनी भएको सन्देश दिन देश दर्शनमा जुटेका गाएक उपाध्यायको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *