नागरिक स्तरमा चेतना बढेका कारण प्रहरीमा उजुरी दिने बढे

नेपालगन्ज- प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अपराध रोकथाम र नियन्त्रणका लागि प्रहरी र नागरिक बीच सहकार्य जरुरी रहेको बताएका छन् । प्रहरी व्यायामशालामा निर्माण गरिएको महिला तथा बालबालिका सेवा केन्द्र बाँकेको नवनिर्मित भवनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै महानिरिक्षक अर्यालले पछिल्लो समय जनचेतनाका कारण प्रहरीमा उजुरी दिनेक्रम बढेको उल्लेख गरे ।

नागरिक स्तरमा चेतना बढेका कारण उजुरी गर्नुपर्छ भन्ने बोध भएकाले उजुरी बढेको आर्यालको भनाई छ । उजुरी दिने क्रम बढ्नुलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै उनले न्याय दिने सवालमा पीडितलाई न्याय र पीडकलाई दण्ड भएमा प्रहरी संगठन माथि नागरिक विश्वास अझ बढ्ने बताए । उजुरीमाथि स्वच्छ छानविन हुँदै गएमा भविष्यमा अपराध घट्दै जाने उनको भनाई छ ।

महिला र बालबालिकाका सवालमा प्रहरी गम्भीर भएको भन्दै उाले छुट्टै सेल मार्फत् काम कारबाही हुने हुँदा अझ प्रभावकारी हुने बताए । कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जका बरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाह, बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा लगायतले बोलेका थिए ।

१ करोड ५६ लाखको लागतमा दुई तले महिला तथा बालबालिका सेवा केन्द्र भवनको निर्माण गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *