लाइन्स क्लब इन्टरनेशनल वी टु ३२५ को महाधिवेसन


बाँके । लाइन्स क्लब इन्टरनेशनल वी टु ३२५को ६ औं महाधिबेसन उद्घाटन गर्न प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल नेपालगन्ज आउने भएका छन् । भोली देखि नेपालगन्जमा सुरुहुँने महाधिवेसनले नयाँ नेतृत्वको चयन गर्ने वर्तमान गभर्नर मुधुसुदन रिजालले जानकारी दिए ।
देशभरीका २५ सय भन्दा बढी लाइन्स क्लबबाट आएका प्रतिनिधिले आफ्नो नयाँ नेतृत्व चयन गर्ने छन् । नेतृत्वका लागि लाइन्स क्लबको विधान अनुसार १ हप्ता पहिले नै उम्मेदवारी प्रकृया सुरु भएको थियो । उम्मेदवारी दर्ताका आधारमा एक जनाको मात्रै गभर्नरमा उम्मेदवारी परेकाले नेतृत्व सर्वसम्मत हुने निश्चित भएको महाधिवेसन संयोजक मुकुट ढकालले जानकारी दिए ।
लाइन्स क्लब इन्टरनेशनल वी टु ३२५ को नेतृत्व गभर्नरमा उम्मेदवारी दर्ता गरेका बुटवलका सुनिल ओझाले अबको नेतृत्व लिन पक्का जस्तै भएको छ ।
नेपालगन्जको सिद्धार्थ होटल भोली विहान १० बजे देखि सुरुहुने महाधिवेसका लागि देशभरका प्रतिनिधिहरु आइसकेको र सबै तयारी भईसकेको छ, प्रमुख अतिथि पनि आजै नेपालगन्ज आउने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *