बाँके – सेवाका पहुँच वाहिरका समुदायमा एकिकृत जनस्वास्थ्य अभियान तथा नि : शुल्क स्वास्थ्य शिविर कार्यक्रम शनिबार राप्तिसोनारी गाउँपालिकाको कुसुम स्वास्थ्य चौकिमा सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्या बाँकेको आयोजनामा सञ्चालन भएको शिविरमा १३५ जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । स्वास्थ्य परिक्षण गरेकोमा ११४ जना आँखा सम्वन्धि, ८१ जना कानसम्वन्धि, २६ जना बालरोगसम्वन्धि र सामान्य रोग सवन्धि ८८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
परिक्षन गराएकोमा जटिल समस्या देखिएका आँखा सम्वन्धि १९ जना, कान सम्वन्धि १८ जनालाई थप उपचारकालागि नेपालगन्ज सिफारिस गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका अधिकृत रामबहादुर चन्दले जानकारी दिए । शिविरमा डा. प्रकाश श्रेष्ठ, बालरोग रामा बोहोरा, डा. सन्तोसि श्रेपाईली लगाएत ३२ जना स्वास्थ्य कर्मीको सहभागितामा स्वास्थ्य परिक्षण गरिएको छ ।
सोही अवसरमा शनिबारनै राप्तिसोनारी गाउँपालिका वडा नं १ मा पानिको गुणस्तरीयताको बारेमा पानिका मुहानहरु परिक्षण गरिएको छ । जिल्ला खानेपानि तथा सरसफाई कार्यालय बाँके,जिल्ला खानेपनि संस्थान बाँके र जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेको संयुक्त आयोजनामा ८ वटा खाने पनिको मुहान परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका अधिकृत चन्दले बताए ।