सन् २०११ मा अन्तरिक्षमा पुगेको स्पेश स्टेशन सोमबार पृथ्वीमा खस्ने


एजेन्सी– चीनले अन्तरिक्षमा पठाएको ट्याङगङ–१ स्पेश स्टेशन सोमबार वायुमण्डलमा आइपुग्ने युरोपियन स्पेश एजेन्सीले अनुमान गरेको छ ।
ट्याङगङ–१, नाम दिइएको त्यो स्पेश स्टेशन सन् २०११ मा अन्तरिक्षमा पुगेको थियो । त्यो स्पेश स्टेशनले सन् २०१६ सम्म काम गरेको थियो । अहिले काम गर्न बन्द गरेको स्पेश स्टेशन टुक्रा टुक्रा भएर तल झर्ने भएकाले त्यसले पृथ्वीमा खासै असर नगर्ने चीनको म्यानन्ड स्पेश इन्जिनियरिङ कार्यालयले जनाएको छ ।

त्यो कहाँ खस्छ त ?

चीनले सन् २०१६ मा त्यो स्पेश क्र्याफ्ट नियन्त्रणभन्दा बाहिर गएकाले कहाँ खस्छ भन्न नसकिने बताएको थियो । यूरोपियन स्पेश एजेन्सीले त्यस स्पेशक्र्याफ्ट पृथ्वीको ४३ डिग्री उत्तर र ४३ डिग्री दक्षिणी अक्षांशबीचको भूमध्यरेखाको स्थानमा खस्न सक्ने जनाएको छ ।

युरोपियन स्पेश स्टेशनले त्यो स्पेश क्र्याफ्ट न्यूजिल्याण्डदेखि अमेरिकाको उत्तरीमध्य भागतिर खस्न सक्ने जनाएको छ ।

त्यो कसरी खस्छ ?
त्यो स्पेश स्टेशन बिस्तारै पृथ्वीतिर झर्दै आएको छ । त्यो स्पेश स्टेशन जति वायुमण्डलको नजिक आयो, त्यति नै धेरै छिटो खस्ने अष्ट्रेलियन सेन्टर फर स्पेश इन्जिनियरिङ रिसर्चका उप–निर्देशक डाक्टर इलियास अबुनटानियसले बताए ।

त्यो स्टेशन प्रतिकिलोमिटर २६ हजार किलोमिटर प्रतिघण्टाको दरले पृथ्वीतिर खस्ने छ । उनका अनुसार त्यो स्टेशन पृथ्वीको हजार किलोमिटर नजिक आएपछि तातेर बल्न थाल्नेछ ।

तर, त्यस स्पेश स्टेशनले पृथ्वीमा खतरा उत्पन्न नगराउने वैज्ञानिकले बताएका छन् । ८.५ टनसम्मको स्पेश स्टेशन वायुमण्डलबाट पृथ्वीमा खस्दा वायुमण्डलमा नै टुक्रा–टुक्रा भएर सकिने वैज्ञानिकको अनुमान छ । स्पेश क्र्याफ्टको केही नजल्ले भाग पृथ्वीसम्म खस्न सक्ने वैज्ञानिकले जनाएका छन् ।

स्पेश क्र्याफ्टमा रहेको इन्धनको ट्याङ्क र रकेटको इन्जिन वायुमण्डलबाट पृथ्वीसम्म आउनसक्ने वैज्ञानिकहरुको अनुमान छ । स्पेशका केही भाग पृथ्वीमा खसे पनि त्यसले मानव र मानव बस्तीलाई असर गर्नेसम्भावना न्यून रहेको वैज्ञानिकको भनाई छ ।

वैज्ञानिकका अनुसार त्यस्ता रकेट पृथ्वीमा खस्दा बाँकी रहेको केही भाग समुन्द्रमा खस्ने गरेको छ । साधारणतया त्यो रकेटसँग स्पेश स्टेशनको सञ्चार हुनसक्ने भएकाले पृथ्वीमा खस्नुभन्दा अगाडिसम्म त्यस्तो रकेटलाई नियन्त्रण गर्ने सम्भावना उच्च हुने वैज्ञानिकहरुले बताएका छन् ।

वायुमण्डलमा स्पेश क्र्याफ्टको जलेर बाँकी रहेको भाग दक्षिण प्यासिफिक समुन्द्रमा खस्न सक्ने अनुमान छ । त्यस ठाउँ अष्ट्रेलिया, न्यूजिल्याण्ड र उत्तर अमेरिकाकोबीचमा पर्ने छ । त्यस ठाउँको १५ सय वर्ग किलोमिटरमा यसअघि पनि स्टलाइट र स्पेश क्र्याफ्टको बाँकी अंश खस्ने गरेको थियो

के हो ट्याङगङ–१ ?
सन् २००१ मा चीनले जनावरलाई अन्तरिक्षमा पठाएर अन्तरिक्ष यात्रामा फड्को मारेको थियो । सन् २००३ मा चीनले अन्तरिक्षयात्रीलाई अन्तरिक्ष यात्रामा पठायो । त्योभन्दा अगाडि सोभियत संघ र अमेरिकाले अन्तरिक्ष यान पठाइसकेका थिए । चीनले सन् २०११ मा ट्याङगङ–१, अन्तरिक्षमा पठाएको थियो ।

त्यो स्टेशनले थोरै समय काम गर्ने अनुमान गरिएको थियो । चीनको त्यही स्पेशन स्टेशन सञ्चालनका समयमा चीनकी पहिलो महिला अन्तरिक्ष यात्री लिउ याङले सन् २०१२ मा अन्तरिक्षको भ्रमण गरेकी थिइन् ।

यो स्पेश स्टेशनले वैज्ञानिकहरुले अनुमान गरेभन्दा २ वर्षपछिसम्म सञ्चालनमा आएको बीबीसीले जनाएको छ । सन् २०१६ मा यसको कार्य अवधि सकिएको थियो । चीनले सन् २०२२ सम्मका लागि ट्याङगङ–२, को स्पेश स्टेशन सञ्चालनमा ल्याउँदै छ ।-Ujyaloonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *