काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल १०५ रुपैयाँ भको छ भने , डिजल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टिटेलमा ९६ पैसा घाटा भएको छ । निगमलाई अब पाक्षिक नाफा २० करोड ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
भारतभन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा सस्तो छ । kantipur Online