नेपालगन्ज कपको अक्सनमा बाँके व्लास्टर्स सबैभन्दा महंगोमा विक्री

बाँके । निकै नै प्रतिक्षित नेपालगन्ज कप क्रिकेटको आज भएको ६ वटा टिमको अक्सनमा सवैभन्दा मंहगोमा बाँके व्लास्टर्स विक्री भएको छ । महेश क्षेत्रीको कप्तानीमा रहेको बाँके व्लास्टर्सलाई अन्नपुर्ण इन्टरप्राईजेजले २ लाख ४० हजारमा अनुवन्धित गरेको ग्रीन इभेन्टोका प्रवन्ध निर्देशक मोहम्मद रफिले जानकारी दिए ।

त्यस्तै, सुबेन्दु पाण्डेको कप्तानीमा रहेको बर्दिया टाइगर १ लाख ७० हजारमा एभ्रोल अर्घाखाँचीले किनेको छ । लुम्वीनी यात्रीज १ लाख ५० हजारमा जीशानले किनेको छ । दंगाली गोर्खाजलाई १ लाख ३० हजारमा पाण्डा इभेन्ट्ले अनुवन्ध गरेको छ । रोल्पा गुरिल्लाजलाई मध्यपश्चिम क्रिकेट क्लबले १ लाख ३० हजारमा किनेको छ ।

पाल्पा योद्धाजलाई १ लाख १० हजारमा आर्शिवाद पेन्ट्सले अनुवन्ध गरेको छ । आउँदो बैशाख ३ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि आयोजक ग्रीन इभेन्टो प्रालिका अनुसार अक्सनमार्फत १५ जना खेलाडी र कोच सहितको टिमलाई बोली लगाएका हुन् । प्रदेश नम्वर पाँचमा पहिलो पटक अक्सनबाट टिम किनिएको हो । अक्सनको कार्यक्रम संचालन समिरमान श्रेष्ठले गर्नु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *