नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२१ मा नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

बाँके ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२१ पुरैनामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै नेपालगंज उप महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज मंगलबार पुरैना गाऊँमा शिवीर सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन नेपालगञ्ज उप महानगरपालिकाका नगर उपप्रमुख उमा थापा मगरले बाख्रालाई औषधी खुवाएर गरेकी थिइन । उपप्रमुख थापामगरले पशुको स्वास्थ्य जाँचले क्षती नोक्सानी हुनबाट जोगीने भएकाले पशुधनी पुर्व सचेत हुन आवश्यक रहेको बइन। वडा अध्यक्ष रन्जित खाँको विशेष उपस्थितीमा सञ्चालित शिविरमा पशु सेवा शाखाका डा. अपार पौडेल, पशु विकास अधिकृत भोज बहादुर रावल लगायतले पशुको स्वास्थ्य जाँच गरेका थिए । शाखाका डा. पौडेलका अनुसार– ९५ घरधुरीका करिव ५ सय गाईवस्तु, बाख्राको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य परिक्षणसँगै औषधोपचार गर्नुका साथै स्वास्थ्य सेचतना पनि दिइएको डा पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *