कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको घोषणा गर्न सुुझाव

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएको दुबै समितिले वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुुझाव दिएको छ ।

अन्तरिम विधान र संगठनात्मक सवालका बारेमा सुझाव दिन र बैचारिक राजनीतिक प्रतिवेदनका बारेमा सुझाव गठित छुट्टाछुट्टै समितिले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यद्यपी यसबारे निर्णय भने पार्टी एकता संयोजन समितिको चैत २२ गते बस्ने बैठकले गर्नेछ । नेपालमा अप्रिल २२ तारेखलाई कम्युनिष्ट पार्टीको स्थापना दिवसको रुपमा मनाइन्छ ।

त्यसै दिन पार्टी एकता घोषणा गर्ने वा अर्कै दिन गर्ने भन्ने विषयमा पार्टी एकता संयोजन समितिले निर्णय गर्ने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । प्रतिवेदन बुझाएपछि दुबै कार्यदल विघटन भएको नेता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *