बाँके- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले एकल तथा द्वन्द्वपीडित महिलाहरुलाई बुधबार सम्मान गरेको छ । सिर्जनशिल आमा समुहको अगुवाईमा वडा नं १२ ले उक्त वडामा रहेका एकल तथा द्वन्द्वपीडित १२ जना महिलाहरुलाई नगद सहित सम्मान गरेको सिर्जनशिल आमा समुहकी अध्यक्ष इता शर्माले जानकारी दिइन । समुहकी अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरुलाई समाजमा हौसला बढाउन र उनीहरुलाई मुलधारमा ल्याउनका लागि सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमकोे प्रमुख अतिथी वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी रहेका थिए ।