विपद्मा तथ्यांङ्क व्यवस्थापन तालिम सुरु

प्रहलाद विश्वकर्मा
बाँके । विपद् प्रभावितहरुको तथ्यांङ्क संकलन, विश्लेषण, व्यवस्थापन र प्रतिवेदनको सैद्धान्तिक ज्ञान र सीप विकासका लागि आज देखि नेपालगन्जमा तालिम संचालन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति एवं राष्ट्रिय विपद् ब्यवस्थापन समितिका सदस्य गोवर्धन सिंह सम्झनाले विपद् ब्यवस्थापनका विभिन्न गतिबिधिहरुलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि जिल्ला विपद् ब्यवस्थापन समितिसँगको सहकार्यमा जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिएका छन । नेपाल रेडक्रस सोसाइटीको आयोजनामा विहीवार नेपालगन्जमा संचाालन भइरहेको तथ्यांङ्क व्यवस्थापन तालिमको सुरु गर्दै उनले यो जानकारी दिएका हुन ।
विगतमा विपद् पछि प्रभावित समुदायको सूचना संकलन गर्न निकै समस्या भएको अनुभव सुनाउदै आगामी दिनमा स्थानीय तहमा नै तथ्यांक संकलन गर्नसके विपद् प्रतिकार्यका गतिबिधिहरु छिटो र प्रभावकारी रुपमा संचालन गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा दार्चुला, बाँके, बर्दिया, दाङ्ग र कैलाली जिल्लाका जिल्ला प्रशासन कार्यालय÷जिल्ला विपद ब्यवस्थापन समिति, जिल्ला आपत्कालिन कार्यसंचालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कर्मचारी÷स्वंयसेवकहरुको सहभागिता रहेको छ ।
राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका मघु सुदन गौतम र धुव्र गौतमले प्रशिक्षणको सहजीकरण गरिरहनु भएको छ ।