पत्रकारहरुसँग सिविन नेपालगन्जको छलफल

बाँके -सिविन नेपालगन्जले आज पत्रकारहरुसँग छलफल गरेको छ । बालिका र महिलाहरु दिनप्रतिदिन हिंसाका शिकार हुने क्रम बढेको भन्दै सिविनले हिंसा र दुव्र्यवहारका घटना न्यूनीकरणका लागि पत्रकारहरुसंग छलफल गरेको हो । छलफल कार्यक्रममा बालविवाह हुनाले महिला हिंसा बढेको सिविन नेपाल नेपालगन्जले जनाएको छ । कार्यक्रममा घटना उजागर हुने क्रम र घटनाहरु बढ्ने क्रम दुबै उस्तै रहेकाले चुनौति थपिएको सिविन नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बताउनुभयो । प्रविधिको दुरुपयोगले पछिल्लो समय युवा पुस्तामा ठूलो स्केलमा समस्या उत्पन्न हुँदै गएको भन्दै सहभागी पत्रकारहरुले चिन्ता व्यक्त गरेका थिए । महिला र बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था थुप्रै भएपनि परिणामुखी काम हुन नसकेको भन्दै सहभागीहरुले प्रचारमुखी भन्दा पनि परिणाम निकाल्ने गरी काम गर्न सुझाब दिएका थिए ।