प्रधानमन्त्री ओलीको भारत भ्रमणका तीनदिने कार्यक्रम


काठमाडौँ । केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका लागि भारत रोजाईमा परेको छ । मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि आज बिहान नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्रीमा निर्वा्चित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीले दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण गरेका हुन् ।
आज देखि चैत २५ गतेसम्म हुने भ्रमणमा ओलीले भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतकासँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने छन् । भारत भ्रमणकै क्रममा भारतिय प्रधानमन्त्री र उनले रिमोटद्वारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी र अरुण तेस्रोको संयुक्त उद्घाटन, नेपाली समुदायसँग अन्तरक्रिया लगायतका कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण तालिका

पहिलो दिन, शुक्रबार
  • बिहान १०: ४५ मा दिल्ली अवतरण
  • अपरान्ह १२:४५ मा होटल ताज प्यालेसमा इन्डियामा भारतीय उद्यमी व्यापारीहरुसँग अन्तरक्रिया
  • यसबीचमा केही निजी तथा राजनीतिक भेटघाट
  • बेलुका ४:४५ मा नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया
  • लगत्तै राहुल गान्धीसँग भेटवार्ता (अझै तय हुन बाँकी)
  • साँझ ६:३० मा प्रधानमन्त्री मोदीसँग उनको निवासमा भेटवार्ता
  • नेपाली दुतावासद्वारा होटल इम्पेरियलमा आयोजित रात्रिभोजमा सहभागी
दोस्रो दिन, शनिबार
  • बिहान ९:०० मा राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन
  • बिहान ९:३० मा राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट
  • १०:१५मा विदेशमन्त्री सुष्मा स्वराजद्वारा शिष्टाचार भेटवार्ता
  • बिहान ११ महात्मा गान्धीको समाधीस्थल राजघाटमा माल्यार्पण
  • ११:३० मा हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता (मुख्य वार्ता)
  • अपरान्ह १२ :१५ बजे रिमोटद्वारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी र अरुण तेस्रो उद्घाटन
  • त्यसलगत्तै संयुक्त पत्रकार सम्मेलन,
  • त्यसपछि राजनीतिक भेटघाट
  • साँझ ६ मा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट
  • ७:०० मा गृहमन्त्री राजनाथ सिंहद्वारा शिष्टाचार भेट
  • ७:३०मा इन्डिया फाउन्डेशनको कार्यक्रममा नागरिक अभिनन्दन र सम्बोधन
तेस्रो दिन, आइतबार
  • बिहान ९ मा उत्तराखण्ड पन्तनगरका लागि प्रस्थान
  • पुगे लगत्तै ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण,
  • कृषि विश्वविद्यालयकै हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्र प्रस्तुत हुने,
  • त्यसलगत्तै नयाँ दिल्ली हुँदै ६ बजे नेपाल एअरलाइन्सको चार्टर उडानमा स्वदेश फिर्ता