बाँके। नेपालगन्ज उप–महानगरपालिका वडा नंं १७ परसपुरमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै उप–महानगर पशु सेवा शाखाको आयोजनामा एक दिने पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो । वडा न. १७ का अध्यक्ष अजयकुमार पाठकले बाख्रालाई जुकाको औषधि खुवाएर शिवीरको उदघाटन गरेका थिए ।
सञ्चालित शिविरमा पशु सेवा शाखाका डा. अपार पौडेल, जिल्ला पशु सेवाका पशु विकास अधिकृत गणेशबहादुर पुन, पशु सेवा प्राविधिक भोजबहादुर रावल र नायब पशु स्वास्थ्य प्राविधिक महेशसिंह ठकुरी लगायतले पशुको स्वास्थ्य जाँच गरेका थिए ।
एक सय १२ घरधुरीका ४ सय ५० पशुको स्वास्थ्य परिक्षण गरिएको पशु सेवा शाखाका डा पौडेलले जानकारी दिए । उनले शिविरमा आएका पशुको स्वास्थ्य परिक्षण, औषधोपचार गर्नुका साथै स्वास्थ्य सेचतना पनि दिईएको बताए ।