न्यू इएर ईभ आयोजना नेपालगन्ज र दाङमा, ख्यातिप्राप्त कलाकारहरुको साथमा

बाँके। इभेन्ट म्यानेजमेन्ट तथा सामाजिक कार्यमा योगदान पुर्याउने उदेश्यले स्थापना गरिएको प्यासन नेपालले नेपालगन्ज तथा दाङमा नँया बर्ष २०७५ को अवसरमा न्यू इएर ईभ आयोजना गर्ने भएको छ। नयाँ वर्षको अवसरमा हुन लागेको उक्त कार्यक्रम नेपालगन्जमा यहि चैत्र ३० गते साँझ ५ बजे पछि होटल सोल्टीको प्राङ्गणमा हुने भएको छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रश्तुती रहने प्यासन नेपालले जनाएको छ। चर्चित गायक नबीन के.भट्टराई,सन्जिब सिंह लगायत स्थानीय कलाकारहरुको कार्यक्रममा प्रस्तुति रहने प्यासन नेपालले जनाएको छ ।
त्यस्तै दाङमा वैसाख १ गते कलाकार कालीप्रसाद बासकोटा,सन्जिब सिंह लगायत स्थानीय कलाकारको साथमा हने भएको छ । नेपालगन्ज र दाङ्गमा आयोजना हुने कार्यक्रमका लागि लगभग २३ लाख १० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ। प्यासन नेपालद्वारा आयोजना गरिएको कार्यक्रमबाट आर्जन भएको ५ प्रतिशत राप्ती टुरिज्म इनफरमेसन सेण्टरलाई दिने आयोजक प्यासन नेपालले जनाएको छ।
सो न्यू इअर इभ कार्यक्रममा प्रबेश शुल्क भने आयोजकले २ किसिमले ब्यबस्था गरेको छ। कार्यक्रममा प्रबेश गर्ने एकल ब्यक्तिका लागी २५ सय रुपैयाँ र जोडीका लागी भने ४ हजार रुपैयाँ बराबरको टिकट निर्धारण गरिएको आयोजकले जनाएको छ। २०७४ सालमा स्थापना भएको प्यासन नेपाल यसपाली गर्ने कार्यक्रम पहिलो रहेको बताइएको छ।
यस्तै न्यू इअर इभ नेपालगन्जमा हुने कार्यक्रमलाई भेस्पा एप्रिलाले समेत सहयोग गरेको छ। भेस्पा एप्रिला आफैमा एउटा ब्राण्ड भएकाले आयोजकले सहकार्य गरेको जनाएको छ।